काठमाडौँ, १४ चैत । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसामु १ सय ८० रनको लक्ष्य प्रस्तुत गरेको छ ।बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय खेल मैदानमा आज टस हारेपछि नेपालले ब्याटिङ गरेको थियो । पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै नौ विकेटको क्षतिमा एक सय ७९ रन बनायो ।
कप्तान ज्ञानेन्द्र मल्ल २ रन, सागर पुन ४ तथा दिपेन्द्रसिंह ऐरी १४ रनमा आउट भएपछि नेपालको इनिङस् सुनिल धमला र शरद भेषवाकरले सम्हालेका थिए । एक सय २६ बलको सामना गर्दै धमलाले ४३ रनको योगदान दिए । यस्तै भेषवाकरले ५८ बल खेल्दै ३८ रन बनाए । बिनोद भण्डारीले २४ तथा आरिफ शेख १६ रनको योगदान दिए ।
नियमित कप्तान पारस खड्का यस प्रतियोगितामा अनुपस्थित छन् । प्रमुख तीन बलर शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मी पनि टिममा छैनन् । नेपाल रहेको समुह ए मा पाकिस्तान, बंगलादेश र हङकङ समावेश छन । समुह बि मा भारत, श्रीलंका, मेसिया र हङकङ रहेका छन् ।
एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा प्रतियोगिता भइरहेको छ । प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ बर्ष मुनिका खेलाडीको सहभागिता रहको छ ।















प्रतिक्रिया