४ कार्तिक २०८३, बुधबार

हाम्रै पालमा दुई पटक संविधानसभाको निर्वाचन हुनु दुर्भाग्यः मन्त्री सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chanadaकाठमाडौं, १० असोज । संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले आफ्नै पालामा संविधानसभा निर्वाचन दुई पटक सहभागी हुनु परेका  भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

आफूहरुले गरेको प्रचार नै गलत सावित भएको बताएका छन् ।  ‘हामी एक युगमा एक पटकमात्र संविधानसभा हुने प्रचार गर्दै संविधानसभा निर्वाचनमा सहभागी भयौ,’  चन्दा प्रोडक्सन प्रालीले कार्यक्रम सहयात्राको पचासौँ भाग पूरा गरेको अवसरमा राजधानीमा गरेको एक कार्यक्रममा मन्त्री सिंहले भन्नुभयो, ‘ तर, निर्धारित काम गर्न नसक्दा दुई पटक संविधानसभाको निर्वाचन गर्नुप¥यो, यो दुःखको कुरा हो ।’

धेरै शक्ति संविधान निर्माण मै केन्द्रीत भएको भन्दै सिंहले समग्र नेपालीको मुद्दालाई समेट्ने संविधान जारी भए देशले गति लिने र समग्र क्षेत्रको विकास हुने दाबी गर्नुभयो ।