१ कार्तिक २०८३, आइतबार

एमाले अध्यक्ष ओली र भारतीय राजदूत पुरीबीच भेटवार्ता हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि भारतीय राजदूत मनजिभ सिंह पुरीले पहिलो औपचारिक भेटवार्ता गर्दै छन् ।

अहिले केही समयपछि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ओली र राजदूत पुरीबीच भेटवार्ता हुने उच्च स्रोतले जनाएको छ ।

राजदूत पुरीसँगको भेटका लागि संसदीय दलका कर्मचारीहरूले तयारी गरेका छन् । स्रोतले भन्यो, ‘अहिले मध्यान्ह १२ बजे भेटवार्ता हुँदैछ । सबै तयारी गरेका छौँ ।’

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ओहादाको प्रमाणपत्र बुझाएका राजदूत पुरीले आफ्नो पहिलो औपचारिक भेटवार्ता एमालेका अध्यक्ष ओलीसँग बाट गर्दै छन् । उनको यो निर्णयलाई नेपाली राजनीतिमा महत्वका साथ हेरिएको छ ।

भारतले लगाएको कठोर आर्थिक आनकाबन्दीपछि राष्ट्रियताको आन्दोलन चलाएको एमालेले नयाँ राजदूत पुरीसँगको सम्वादलाई कसरी अगाडि बढाउने हो आगामी दिनले देखाउनेछ ।