१ कार्तिक २०८३, आइतबार

भेट्रान फुटबल प्रतियोगितामा आर्मी सेमिफाइनल प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी क्लब दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ नेपालद्वारा संयुक्त आयोजित प्रतियोगितामा आर्मीले ढोलाहिटी युथ क्लबलाई ३–२ गोलले पराजित ग-यो ।

आर्मीका लागि नरेन्द्र खवास, श्रवण विष्ट र सिजर गुरुङले १–१ गोल गरे । ढोलाहिटीका विजय गुरुङले सान्त्वना गोल फर्काए । ढोलाहिटीका लालबहादुर लिम्बू ‘म्यान अफ द म्याच’ चुनिए ।

सेमिफाइनलमा आर्मीले साइनिङ सन स्टार क्लब, कैलाली र नाइट किङ क्लब, सानो गौचरणबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

सेमिफाइनल पुग्ने आर्मी दोश्रो टोली । यसअघि ब्वाइज स्पोर्ट्स क्लब, काठमाडौंले सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।