काठमाडौं । गायिका मधु क्षेत्रीको लोक पप ‘ब्यूटी ब्यूटी छ…’ गीत स्रोता/दर्शकमाझ आएको छ । मधुलाई स्वरमा मेक्सम खातीले साथ दिएका छन् । गीतलाई म्युजिक नेपालमार्फत यूट्यबमा सार्वजनिक गरिएको हो ।
क्रान्ति केसीले निर्देशन गरेको ‘ब्यूटी ब्यूटी छ…’मा एसराज गहतराज र अनु शाहले अन स्क्रिन रोमान्स गरेका छन् । भिडियोको छायाँकन उत्सव दाहाले गरेका हुन् ।
मधुका यसअघि जवानी छल्कियो, आगो पा-यो, परिती लगाउन जस्ता गीत दर्शक/स्रोताले अध्याधिक मन पराएका छन् । उनको छिट्टै आउँदै गरेको गीत सुदूर पश्चिम दुई अञ्चल जिल्ला ९ वटा… रहेको छ । यो गीतमा उनलाई मिलन लामाले स्वरमा साथ दिएका छन् ।
गत ७ वर्षदेखि नेपाली गीत, संगीतमा आफ्ना क्रिएशनहरु दिँदै आएकी मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग यस सम्बन्धि अध्ययन गरेर नै यो क्षेत्रमा होमिएकी हुन् ।
सुदूरपश्चिम कैलालीको चौमालामा बुबा पदमसिंह सिंगाल र पदमादेवी सुंगलको कोखबाट जन्मेकी मधु सबै खाले गीत गाउँने गरेकी छन् । तर, उनको पहिचान भने लोकगीतमा रहेको छ ।
संगीतलाई दुःख सुःखको साथी मान्ने उनी पछिल्लो समयमा लोकगीतमा आएको विकृतिमा चिन्तत भएको बताउँछिन् । ‘दोहोरीमा अहिले फोहोरी भइरहेको छ, यो राम्रो होइन’, उनी भन्छिन् । देश र देश बाहिरका विभिन्न साङ्गीत कार्यक्रमहरुमा सहभागी हुने गरेकी उनी आफ्ना अन्य गीत जस्तै ब्यूटी ब्यूटी छ…ले स्रोता÷दर्शकको औधी माया पाउने दाबी गर्छिन ।















प्रतिक्रिया