४ कार्तिक २०८३, बुधबार

भारतीय बैंकको ऋण लगानीमा राहुघाट जलविद्युत् आयोजना सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raghughat-hydro

म्याग्दी, ११ असोज । म्याग्दीको पिप्लेमा ३२ मेघावाट क्षमत्ताको राहुघाट जलविद्युत् आयोजनाको निर्माण शुक्रबारबाट सुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको आयोजनाको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्मा, आयोजनाका निर्देशक विकासमानसिंह डङ्गोल र उपनिर्देशक मणिकुमार काफ्लेले संयुक्तरुपमा शुक्रबार शिलान्यास गर्नुभयो ।

नेपाल सरकार, विद्युत प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियत ऋण सहयोगमा निर्माण सुरु भएको आयोजना साढे तीन वर्षभित्र सम्पन्न हुने जानकारी निर्देशक डङ्गोलले दिनुभयो ।

झिँ र दग्नाम गाविसको सिमाना बुक्लमा १८ मिटर उचाइको बाँध रहने आयोजनाको ६.१ किलोमिटर लामो सुरुङ हुनेछ । आयोजनाको विद्युत्गृह, सुरुङ, बाँध र प्रवेश मार्ग निर्माणका लागि भारतीय निर्माण कम्पनी आइभिआरसिएलसँग २०६७ कात्तिकमा रु दुई अर्ब ५० करोडमा सम्झौता भएको थियो ।

विद्युत्गृहदेखि बाँधसम्मको १२ किलोमिटर सडकको ट्रयाक निर्माण गर्ने योजनाअनुसार एक किलोमिटर बाँकी रहेको छ । यसैगरी पिप्लेमा आवासगृह निर्माण अन्तिम चरणमा पुगेको छ ।