१ कार्तिक २०८३, शनिबार

एमाले जाति-जाति जुधाउने पक्षमा छैन: महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwar-pokhrel

काठमाडौं, ११ असोज । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले आफूहरु जात जातिलाई जुधाउने पक्षमा नरहेको बताउनुभएको छ ।

काठमाडौंको ऐतिहासिक नगरी टोखामा शनिबार बिहान बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जाति जाति, धर्म र संस्कृतिलाई जुधाउने पक्षमा नेकपा एमाले नरहेको स्पष्ट पार्नुभयो ।

महासचिव पोखरेलले एक जातिले अर्का जातिको धर्म र संस्कृतिलाई सम्मान गर्नुपर्ने बताउनुभयो । ‘कुनै धर्म, भाषा र संस्कृति ठूलो अनि अर्को सानो भन्ने हुँदैन, सबै समान हुन्, पोखरेलले भन्नुभयो सबै नेपाली मिले मात्र वैदेशिक हस्तक्षेप रोक्न सकिन्छ ।’ उहाँले भन्नुभयो ।

टोखाको ऐतिहासिक पक्षको ब्याख्या गर्दै महासचिव पोखरेलले त्यसको जगेर्नाका लागि भूमिका खेल्ने एमाले काठमाडौं जिल्ला कमिटीका सदस्य मनिराज डंगोल लगायतको प्रशंसा गर्नुभयो ।