२ कार्तिक २०८३, सोमबार

के बन्द हुनसक्छ ‘द कपिल शर्मा शो’ ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । कपिल शर्मा अहिले निकै समस्यामा छन् । दैनिक उनको सामू नयाँ समस्या थपिँदै गएको छ । सुनील ग्रोवरसंगको मनमुटाव अझै सुल्झिन सकेको छैन । खबरअनुसार माध्यमका अनुसार ‘द कपिल शर्मा शो’ बन्द हुन सक्ने सम्भावना छ । टिभी च्यानल पनि कपिल र सुनीलबीचको लडाईले गर्दा खुशी छैन । ‘शो’ बन्द गर्ने सोच च्यानलले बनाएको छ ।

‘शो’ को सामग्री आगामी महिनामा सकिँदैन छ । यसको सम्झौता १०६ करोडमा भएको छ । सुनील र कपिलको लडाईले गर्दा शो लाई मात्रै नभई पुरै च्यानललाई नै घाटा भइरहेको छ ।

शो को टिआरपी पनि खतम भइरहेको छ । यसकारण पनि च्यानल शो बन्द गर्ने मुडमा पुगेको छ । दुई जनाको लडाईले शो मा बलिउड कलाकारहरुले पनि आउन बन्द गरिसकेका छन् ।