१ कार्तिक २०८३, आइतबार

कांग्रेसले बनायो २५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति, को को परे ?

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । सत्तारुढ दल नेपाली कांग्रेसले २५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति बनाएको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले ३ जना पदाधिकारी र केन्द्रीय कार्यसमितिको मर्यादाक्रम अनुसार २२ जना मनोनयन गरी २५ सदस्यीय कार्यसम्पादन समिति निर्माण गरिएको नेता प्रदीप पौडेलले जानकारी दिए ।

को को छन् समितिमा ?

२५ सदस्यीय कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, रामशरण महत, अर्जुननरसिंह केसी छन् ।

त्यस्तै, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, फरमुल्लाह मन्सुर र मानबहादुर विश्वकर्मा रहेका छन् ।

निर्वाचनमा पार्टीको घोषणापत्र बनाउने जिम्मा आचार्यलाई

यस्तै कांग्रेस बैठकले स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणा पत्र बनाउन केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ ।

सभापति देउवाले ९ बुँदे एजेण्डा पेस गरेको बैठकमा समसामयिक विषय, निर्वाचनको तयारी, संविधान संशोधन र पार्टी सञ्चालनबारे छलफल भएको बताइएको छ ।