१ कार्तिक २०८३, आइतबार

पोखरामा माओवादीलाई ठूलो धक्का, पोखराका पूर्वउपमेयर एमाले प्रवेश

19.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पोखरा, १२ चैत । नेकपा (माओवादी केन्द्र) कास्कीका प्रभावशाली नेता क्याप्टन मानबहादुर गुरुङ पार्टी छाडेर एमालेमा प्रवेश गरेका छन् ।

७९ वर्षीय क्या. गुरुङलाई एमालेका महासचिव ईश्वर पोखरेलले शनिबार पार्टी प्रवेश गराएका हुन् । पोखरा उपमहानगरपालिका वडा नं. ८ निवासी गरुङले एमालेको सदस्यता लिँदै आगामी दिनमा पार्टीमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाए ।

२०५४ को स्थानीय निर्वाचनमा एमालेको तर्फबाट उपमेयरमा विजयी भएका गुरुङ एमाले छाडेर माओवादी प्रवेश गरेका थिए । माओवादीको महत्वपूर्ण जिम्मेवारीसम्म पुगेका गुरुङले सो पार्टीको भ्रमपूर्ण कुराहरु मन नपरेपछि पुरानै पार्टी एमालेमा फर्किएका हुन् ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न जिल्लाहरुमा एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको छ ।