चितवन, १० असोज । सरकारले सरकारी अस्पताल छाडेर प्राइभेट क्लिनिक धाउने चिकित्सकलाई गिरफ्तार गरिने चेतावनी दिनुभएको छ ।
दशौँ राष्ट्रिय सतर्कता दिवस–२०७१ तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको १५ औँ वार्षिकोत्सव समारोहमा स्वास्थ तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले चिकित्सकलाई बिदाको समयमा पनि सरकारी अस्पतालमा बसेर काम गर्ने वातावरण तयार गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले ट्रेड युनियनका नाममा स्वास्थ्य क्षेत्रमा हुने राजनीति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागीले क्यान्सर अस्पताल राजनीतिको अखडा बनेको र स्वास्थ सुविधामा ह्रास आएको बारे ध्यानाकर्षण गराएका थिए । सो अवसरमा चिनियाँ सरकारले करिब ५० हजार डलर बराबरको औषधि र उपकरण अस्पताललाई हस्तान्तरण गरेको थियो ।
















प्रतिक्रिया