मुम्बई । कलाकार सुनील ग्रोवरसंग झगडा गरेर आफ्नै खुट्टामा बन्चरो हानेका कपिल शर्माको भारतीय टेलिभिजन शो ‘कपिल शर्मा शो’ अब सेलिब्रेटीहरुले पनि आउन मनाही गर्ने गरेका छन् ।
जमेरै आफ्नो गर्लफ्रेण्डको फोटो शेयर गरेर पनि यस कुरालाई छोप्न सकेनन् कपिलले । अब एक–एक गरेर टीम मेम्बरहरुले पनि शो छोडेर जान थालेका छन् ।
प्राप्त खबरअनुसार सुनील ग्रोवर, चन्दन प्रभाकर, अली असगर र सुगन्धा मिश्रा शुटिङ्गमा आएका छैनन् । यति मात्रै नभई सेलिब्रेटी पनि आउन मानिरहेका छैनन् । अब कपिललाई बिना सेलेब्रिटी र टीम मेम्बर बिना शुटिङ्ग गर्न निकै गाह्रो भएको छ ।
उनीसंग किकु शारदा मात्रै छिन् । सेलिब्रेटी र टीम मेम्बर नआउँदा कपिलले बुधबारको शुटिङ्ग पनि रद्ध गरेका थिए । शो का लागि कमेडियन एहसान कुरेशी, सुनील पाल र राजू श्रीवास्तव आउने भनिएको थियो ।















प्रतिक्रिया