३१ आश्विन २०८३, शनिबार

एनसेलको आयमा इन्टरनेटको हिस्सा १८ प्रतिशत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । बढ्दो इन्टरनेट सेवाको माग र प्रयोगसँगै मोबाइल सेवा प्रदायक कम्पनीहरुको यो सेवाबाट हुने आयमा पनि निरन्तर वृद्धि भईरहेको छ । नेपालकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका अनुसार, उसको कुल आम्दानीमा इन्टनेट सेवाको योगदान १८ प्रतिशत रहेको छ ।

एनसेलको प्रमुख लगानीकर्ता कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१६ को प्रतिवेदन अनुसार, अक्टोबर देखि डिसेम्बर सम्मको चौथो त्रैमासिकमा एनसेलले डाटा सेवामा रु २.५८ अर्ब आय गरेको छ जुन सो त्रैमासिकको कुल आय रु १४.३४ अर्वको १८ प्रतिशत हो । सन् २०१५ को सोही त्रैमासिकमा एनसेलको यो सेवाको आम्दानीको योगदान कुल आयमा १२ प्रतिशत रहेको थियो ।

टेलिकम कम्पनीहरुको कुल आयमा सबभन्दा बढि योगदान भ्वाइस सेवाको रहने गरेको छ । यद्यपि प्रत्येक वर्ष डाटा सेवामा ग्राहक संख्या र यसबाट हुने आयमा वृद्घि भईरहेको छ । अबको २ वर्षमा एनसेलको डाटा र भ्वाइस सेवाको आय बराबरी हुने अनुमान गरिएको छ ।

डाटा सेवा लगायतबाट आयमा वृद्धिसँगै एनसेलले सरकारलाई तिर्ने करमा पनि वृद्धि भएको छ । गत आवको आम्दानीबाट सरकारलाई एनसेलले अग्रिम आयकर, रोयल्टी, भन्सार शुल्क, फ्रिक्वेन्सी शुल्क, सम्पत्ति र सवारी साधन कर, मुल्य अभिवृद्धिकर, टिडिएस, दूरसञ्चार सेवा शुल्क, स्वामित्व कर लगायत विभिन्न राजश्व शीर्षकहरुमा रु २८ अर्ब भन्दा बढि योगदान गरेको छ । त्यसै गरी कम्पनीले ग्रामिण दूरसञ्चार कोषमा रु १.१५ अर्ब बुझाएको थियो ।

इन्टरनेटको माग र प्रयोग बढिरहेको बेलामा एनसेलले ग्राहकको माग बमोजिम विभिन्न प्याकेजहरु सहित सेवा उपलब्ध गराउनुले कम्पनीको सो सेवाबाट आय बढ्नु स्वभाविक रहेको जानकारहरु बताउछन् । अन्य देशको तुलनामा नेपालमा अझै इन्टरनेट महंगो रहेको र अझै बजारमा प्रतिश्पर्धाको वातावरण सिर्जना गराई शुल्क घटाउनु पर्ने उनीहरुको भनाई रहेको छ ।

एनसेलले फोरजी सेवाका लागि सरकारको अनुमति पर्खिरहेको छ र आफ्नो थ्रिजी नेटवर्कमा विस्तार तथा सुधार गरी इन्टरनेटको शुल्क घटाइरहेका बताउदै आएको छ । केही महिना अघि कम्पनीले ‘इन्टरनेट सबैका लागि’ भन्ने नाराका साथ डाटा सेवामा भारी शुल्क कटौती गर्दै नयाँ प्याकहरु ल्याएको थियो । यस योजना अन्र्तगत ग्राहकले कर सहित जम्मा ७ पैसा प्रति एमबि सम्ममा यो सेवा प्रयोग गर्न सक्छन् ।

एनसेलले यो योजना अन्र्तगत डे प्याकमा डाटा सेवामा ५० प्रतिशत र नाइट प्याकमा २५ प्रतिशतले सेवा शुल्क घटाएको छ । अन्र्तराष्ट्रिय बजारको दाँजोमा नेपालमा इन्टरनेट महंगो भएकोले नेपालीहरुले अझै यो सेवामा पहुँच कम रहेको छ ।

अहिले एनसेलको मोवाइल डाटा सेवा देशका ७५ जिल्लामा र थ्रिजी प्रविधीमा आधारित उच्च गतिको डाटा सेवा ६४ जिल्लामा पुगिसकेको छ । कम्पनीले नेटवर्कमा आधुनिकीकरण गरेर काठमाण्डौं उपत्यका र सगरमाथा क्षेत्रका आफ्ना ग्राहकहरुलाई २१ एमबि प्रतिसेकेण्ड सम्म गति रहेको डाटा सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी कम्पनीले काठमाण्डौं उपत्यका बाहिरका शहरहरुमा पनि क्रमशः नेटवर्क आधुनिकीकरण तथा सुधार गर्दै लैजाने बताएको छ ।

आजियाटाको त्रैमासिक प्रतिवेदन अनुसार, गत डिसेम्वर सम्ममा एनसेलको ग्राहक संख्या १ करोड ४९ लाख रहेको छ । र ती मध्ये ४०.३ प्रतिशत ग्राहकले डाटा सेवा लिएकाछन् । केही समय अगाडी नेपाल दूरञ्चार प्राधिकरणले सार्वजनिक गरिएको एक प्रतिवदेन अनुसार एनसेलले गत आव २०७२–७३ मा रु ८.०३ अर्ब डाटा सेवाबाट आम्दानी गरेको छ ।