२ कार्तिक २०८३, सोमबार

गायक सञ्जोकको ‘म्हेन्दो माया’ सार्वजनिक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । विगत १७ वर्षदेखि नेपाली साङ्गीतिक क्षेत्रमा गायन, संगीत तथा शब्द सृजनामा लागेका सृष्ठा हुन्, सञ्जोक योञ्जन । नेपाली साङ्गीतिक क्षेत्रले के दियो भन्ने भन्दापनि नेपाली साङ्गीतिक क्षेत्रलाई के दिए भन्ने सोचले भरिएका गायक सञ्जोकले केही दिन अगाडि मात्र ‘म्हेन्दो माया’ बोलको गीत तथा भिडियो सार्वजनिक गरेका छन् ।

राजन ईशानको एरेन्जमेन्टमा तयार भएको गीतमा शब्द तथा संगीत गायक स्वयं योन्जनकै रहेको छ । सार्वजनिक गीतको बारेमा बोल्दै गायक सञ्जोक योञ्जनले भने – ‘धादिङ, नुवाकोट रसुवा जिल्लाको तामाङ गाउँमा बोलिने ‘म्हेन्दो माया’ थेगोलाई मैले गीतमा उतारेको हुँ । म्हेन्दो शब्दको अर्थ चाही फूल हो । म्हेन्दो माया को अर्थ चाही फूल मायाँ हो ।’

भिडियोमा चर्चित भिजे एवं कुशल गायक सोनाम पाख्रीन र मोडल सुमी मोक्तानको अभिनय रहेको छ । भिडियोलाई अहिलेका व्यस्त निर्देशक पासाङ योन्जन लामाले निर्देशन गरेका छन् ।

ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा प्रविण श्रेष्ठको सम्पादन, सागर तामाङको कोरियोग्राफी र समा गुरुङको श्रृंगार रहेको छ ।

गायक सञ्जोक योञ्जनले ३ वर्ष अगाडि ‘सगुन’ नामक एल्बम सार्वजनिक गरेका थिए । सो एल्बमको ‘आलु र तामा’ बोलको गीत दर्शकहरुले अत्याधिक रुचाएका थिए ।

गायक सञ्जोकको सेलो जुहारी, दिलकी रानी, समुन्द्रपारी, सगुन, मुग्लान ह्यूल्सा एल्बमहरु बजारमा आएको छ । गएको २ महिना देखि ल्होछार र महोत्सबहरूमा बिभिन्न जिल्लाहरूमा ब्यस्त रहेको गायक सञ्जोक योञ्जन अहिले रेकर्डिङ र भिडियो छायाङकनमा ब्यस्त रहेका छन् ।