१४ कार्तिक २०८३, शनिबार

आईजीपी नियुक्तिमा भित्रभित्रै यस्तो तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणपछि मात्र अघि बढाउने भएको छ ।

प्रधानमन्त्री दाहालको ६ दिने चीन भ्रमण बिहीबार शुरु हुँदैछ । सर्वोच्चको फैसलामा गम्भीर असहमति र कतिपय विषय सरकारी रेकर्डभन्दा फरक भएकाले कानूनी परामर्शपछि मात्र अघि बढ्न सरकारले महानिरीक्षक नियुक्ति पर सारेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार भएको भेटमा चीन भ्रमणपछि मात्रै नयाँ आइजीपी नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको हो ।

बालुवाटार स्रोतका अनुसार आईजीपी प्रकरणमा सर्वोच्चको फैसलामा उल्लेख भएका कतिपय विषय सरकारी रेकर्डमा भएको भन्दा फरक भएकाले पनि हुबहु कार्यान्वयन हुँदैनन् ।