२ कार्तिक २०८३, सोमबार

बलिउड स्टार राजपाल यादव नेपाली फिल्म खेल्न काठमाडौंमा

26k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउडका चर्चित हाँस्य कलाकार राजपाल यादव ‘करोडपति’ नामक नेपाली फिल्म खेल्न काठमाडौं आइपुगेका छन् ।

राजपाल काठमाडौं आइपुगेलगत्तै बुधबारदेखि नै बनेपाबाट फिल्मको छायाँकन सुरु भएको छ । जहाँ राजपाल र नायक आर्यन अधिकारीले टेक दिए । फिल्म छायाँकनका लागि राजपाल दुई साता नेपालमा बस्ने फिल्म निर्माण युनिटले जानकारी दिएको छ । फिल्ममा राजपालको रोल नेपालीको रुपमा हुने बताइएको छ ।

अधिकारी व्रदर्स पिक्चर्स र केतन फिल्मस्को संयुक्त ब्यानरमा बन्न लागेको फिल्म ‘करोडपति’ मा राजपालसँगै नायक आर्यन अधिकारी, नायिका नीता ढुंगानाको मुख्य भूमिका रहनेछ ।

‘करोडपति’ को छायाँकन बनेपा, जोमसोम र मुस्ताङ हुनेछ । राजपालले भने बनेपामा मात्रै सुटिङ गर्नेछन् ।