१ कार्तिक २०८३, आइतबार

‘आन्दोलन गर्ने हो भने नेपालमै गर्नुस्, किन दिल्ली, युपी र विहारमा गएर क्लास लिनुहुन्छ ?’

10.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ९ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मधेशका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले मधेसवादी दलका नेता भारतीय नेताहरुबाट निर्देशित भएको समेत आरोप लगाएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले उनले मोर्चाका नेताहरुप्रति टिप्पणी गर्दै भने– ‘आन्दोलन गर्ने हो भने नेपालमा गर्नुहोस्, प्रतिष्पर्धा गर्नुहोस, हामी यहाँ आफ्ना कुरा राखेर जनतामा जाऔं न, किन दिल्ली, युपी र विहारमा गएर क्लास लिनुहुन्छ ?’

फरक प्रसंगमा उनले युपीको नयाँ मुख्यमन्त्रीमा हिन्दुवादी नेता नियुक्त भएको विषयलाई लिएर केहीले नेपालमा अब परिवर्तन आउँदैछ भनेर अफवाह फैलाएको आरोप लगाए । उनले भने, ‘केही हुनेवाला छैन, मोदी पनि आएकै हुन नि, नेपालमा केही हुनेवाला छैन ।’

निर्वाचनमा आउनुस् नत्र पछुताउनुहोला !

मधेशी मोर्चाले चुनावमा भाग लिने प्रतिबद्धता जनाए आफूहरु संविधान संशोधन प्रस्तावमा लचक हुन सक्ने भन्दै नेता महासेठले भने– ‘उहाँहरुपनि चुनावमा आउनुपर्छ, भोलि यो पार्टीको कारण हामी चुनावमा जान पाएनौं भनेर पछुताउने काम नहोस्, बेलैमा विचार पुर्याउनुहोस् ।’