
पर्वत, ९ चैत । सत्तारुढ दल नेपाली कांग्रेसका जिल्ला नेतासहित दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
कांग्रेस पर्वतका पूर्व जिल्ला सदस्य एवं पाखापानी गाविसका सचिव भुवानन्द पाठक आफ्नो टिमसहित सोमबार एमाले प्रवेश गरेका हुन् । पाठक नेतृत्वको टिमलाई एमाले पोलिटब्यूरो सदस्य गणेश तिमिल्सीनाले टीका र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।
स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै नेता तिमिल्सीनाले नवप्रवेशीलाई उचित जिम्मेवारी दिइने जानकारी गराए । एमालेमा जनताको आकर्षण बढ्दै गएको भन्दै उनले एमाले अबको निर्वाचनमा देशकै पहिलो पार्टी हुने दाबी गरे ।
पाठकसँगै कांग्रेसका सदस्य बसन्त अधिकारी, राधा अधिकारी, भोक्सिङ माओवादी गाउँ कमिटी सदस्य कृष्णबहादुर मल्ल लगायत पनि पार्टी प्रवेश गरेका थिए ।

















प्रतिक्रिया