
काठमाडौं, ९ चैत । नयाँ शक्ति पार्टी, नेपालले आजदेखि ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ सुरु गरेको छ । हिमाल, पहाड र तराई/मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचनको वातावरण बनाउन दवाव दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।
आज ९ गतेदेखि सुरु भएको अभियान अन्तर्गत १३ गतेसम्म देशव्यापी रुपमा सभाहरु हुनेछन् । पहिलो दिन आज लहानमा सभा हुँदैछ । चैत १० गते दिउँसो १२ बजे बर्दिबासमा र दिउँसो ४ बजे चन्द्रनिगाहापुरमा सभा हुनेछ । चैत ११ गते दिउँसो १२ बजे भैरहवामा र १२ गते कोहलपुरमा सभा हुनेछ ।
त्यस्तै, अभियानको अन्तिम दिन चैत १३ गते धनगढीमा सभा हुने कार्यक्रम तय गरिएको छ । यसपछिको अर्को चरणको कार्यक्रम राष्ट्रिय तथा सामाजिक परिचालन समितिको बैठकले तय नयाँ शक्तिले जनाएको छ । केही दिन अघि मात्रै नेकपा एमालले मेची–महाकाली अभियान सम्पन्न गरेको छ ।












प्रतिक्रिया