१ कार्तिक २०८३, आइतबार

पाकिस्तानका पाँच खेलाडीलाई देश छाड्न प्रतिबन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

कराँची, ९ चैत । पाकिस्तानले स्पट फिक्सिङको मुद्धामा फसेका पाँच आरोपी क्रिकेटरलाई देश छोड्न प्रतिबन्ध लगाएको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले केही समय अगाडि सम्पन्न पाकिस्तान सुपर लिगमा भ्रष्टाचार विरोधी कानूनको उल्लंघन गरेको आरोपमा सार्जिल खान, खालिद लतिफ, मोहम्मद इरफान, साहवेब हसन र नसिर जमशेदलाई क्रिकेटको तीनवटै फरम्याटमा खेल्न प्रतिबन्ध लगाएको थियो ।

अस्थाई रुपमा लागेको निलम्बनपछि पाकिस्तान सरकारले यी ५ खेलाडीलाई देश छोडेर विदेश जान प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लाग्दा जमशेद बेलायत थिए ।

उनलाई त्यही पक्राउ गरिएको थियो । गृह मन्त्रालयले जनाएअनुसार इरफान र लतिफलाई सोमबार लाहोरको एफआईए (संघीय अनुसन्धान विभाग)का अधिकारीले बयान लिएका थिए । हसन र सार्जिलको बयान भने मंगलबार लिइएको छ ।

गृहमन्त्री चौधरी निसार अलि खानले एफआईए पदाधिकारीलाई ५ खेलाडीको विषयमा अनुसन्धान गर्न आदेश दिएका थिए । उनले स्पट फिक्सिङमा यिनीहरुको संलग्नता पुष्टि भएको खण्डमा कडाभन्दा कडा कार्यवाही हुने बताएका छन् ।

पिसिबीले यो मुद्धालाई हेर्न पूर्व न्यायधीसको अगुवाईमा तीन सदस्यीय कमिटी पनि गठन गरेको छ । पछिल्लो साता मात्र बोर्डले इरफान र साहजेबलाई अस्थायी रुपमा निलम्बन गरेको थियो । उनीहरुलाई निर्दोष भएको प्रमाणित गर्न एक साताको समय दिइएको थियो । – एजेन्सी