भक्तपुर, १० असोज । उद्योग मन्त्री महेश बस्नेतले गाउँगाउँमा घरेलु उद्योगको प्रबर्धन गर्नुपर्ने बताउनुभएको छ ।
गङ्गा महिला हस्तकला केन्द्रले भक्तपुरको सूर्यविनायकमा सञ्चालन गरेको दशैं तिहार मेलाको शुक्रबार अवलोकन गर्दै उहाँले सो कुरा बताउनुभयो ।
उहाँले भन्नुभयो– “गाउँगाउँमा घरेलु उद्योगको प्रवद्र्धनले देशको गरिबी न्यूनीकरणमा सहयोग पु¥याउँछ, उद्योग मन्त्रालयले यसका लागि पहल सुरु गर्छ ।”
गाउँगाउँमा घरेलु उद्योग, हातहातमा सीप पु¥याउने लक्ष्य आफूले लिएको बताउँदै उहाँले प्रत्येक नेपालीले नेपालमा उत्पादित सामानको प्रयोग बढाउनुपर्ने बताउनुभयो ।
त्यस अवसरमा केन्द्रकी प्रमुख गङ्गा माकले मेलाबाट उपभोक्तालाई पुगेको सहयोगका बारेमा जानकारी गराउनुभएको थियो ।
मेलामा खाद्यान्न, चिनी, लत्ताकपडा र घरेलु उत्पादनका कक्ष राखिएको छ ।
















प्रतिक्रिया