४ कार्तिक २०८३, बुधबार

भावी प्रधानन्यायाधीशको सुनुवाइ स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असोज । भावी प्रधानन्यायाधीशको सुनुवाइका लागि बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ ।

बैठक शुक्रबार केहीबेर अनौपचारिक छलफलपछि स्थगित भएको हो । संवैधानिक परिषद्ले गत भदौ २७ गते सर्वाेच्च अदालतका वरिष्ठतम् न्यायाधीश रामकुमारप्रसाद साहलाई भावी प्रधानन्यायाधीशका रूपमा मनोनयन गरी सुनुवाइ विशेष समितिमा उहाँको नाम पठाएको थियो ।

सभापति कुलबहादुर गुरुङले प्राविधिक कारणवश अर्काे सूचना नआउन्जेल बैठक स्थगन गर्नुभएको समितिका सदस्य भानुभक्त ढकालले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले यही असोज २४ गते अवकाश पाउँदै हुनुहुन्छ ।