मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन गर्धनको दुःखाइका कारण आफू समस्यामा परेका बताएका छन् । गर्धन दुखाइको समस्या उनको पुरानो रोग हो ।
आफ्नी बुहारी ऐश्वर्याका पिताको अन्तिम संस्कारका बेला देखिएका अभिताभले गर्धनमा ‘ब्रेस’ (घाँटीलाई ठाडो गराउने बस्तु) लगाएका थिए । उनले गर्धनको दुखाइले आफू पछिल्लो समय हैरान भएको ब्लगमा उल्लेख गरेका छन् ।
अमिताभलाई यो समस्या युवा अवस्थामा फिल्मका स्टन्टहरू आफैले गरेका कारण भएको जनाइएको छ ।
‘कतिपय व्यक्तिले मेरो गर्धनमा ‘ब्रेस’सँगको तस्बिर देखकर आश्चर्य मान्ने गरेका छन् । गर्धनको उपचारका लागि यो उपाय अपनाएको हुँ’, अमिताभले भनेका छन् ।
‘डन’सहितका फिल्मको सुटिङका बेला अमिताभ बच्चनलाई चोट लागेको थियो । सोही कारण अहिले पनि उनको गर्धनमा बेलाबेलामा समस्या आइरहने गरेको उनको भनाइ छ । – एजेन्सी















प्रतिक्रिया