२० कार्तिक २०८३, शुक्रबार

लायन्स डिष्ट्रिक्ट ३२५ बी १ मा आचार्य, श्रेष्ठ र लम्साल निर्वाचित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको पाँचौ राष्ट्रिय महाअधिवेशन शनिबार काठमाडौमा सम्पन्न भएको छ ।

महाअधिवेशनले २०१७र१८ को डिष्ट्रिक्ट गभर्नरमा धनराज आचार्य, फष्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा अशोक कुमार श्रेष्ठ र सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा इन्दु लम्साल निर्वाचित गरेको छ । सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा लम्सालले प्रत्यासी मणीश्री बज्राचार्यलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । कूल मत ६२९ मध्ये लम्सालले ४२० र बज्राचार्यले २०३ मत मात्र प्राप्त गरे भने ६ मत बदर भएको थियो ।

सोही अवसरमा नवनिर्वाचित गभर्नर आचार्यले क्याविनेट सेक्रेटरीमा चण्डी प्रसाद अर्याल, क्याविनेट कोषाध्यक्षमा दामु अधिकारी, चिफ एडभाइजरमा मन बहादुर रोका, को—चिफ एडभाइजरमा विश्वेश्वर आचार्य र चन्द्र बहादुर केसी लाई मनोनयन गर्नुभएको थियो ।

महाधिवेशनको उद्घाटन लायन्सका इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतानले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै खेतानले लायन्स डिष्ट्रिक्ट ३२५ बी १ विश्वकै सर्वोत्कृष्ट डिष्ट्रिक्ट भएको भन्दै प्रशंसा गर्नुभयो । खेतानले यस वर्षका डिष्ट्रिक्ट गभर्नर लायन वाल कृष्ण वुर्लाकोटीले नयाँ क्लवको स्थापना (८७ वटा ) र नयाँ सदस्यता थपमा (करीव २३००) संसारकै उत्कृष्ट पहिलो नंबरमा डिष्ट्रिक्ट बनाएर सारा नेपालीको शान र मान बढाएकोमा गभर्नर लगायत ३२५ बी १ का पदाधिकारी तथा सदस्यको प्रसंसा गर्नुभएको थियो । डिष्ट्रिक्टको यो ख्यातिलाई सदैव कायम राख्न अबका गभर्नर तथा सबै टिमले विशेष योगदान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालमा करीब २९० वटा लायन्स क्लवका साथै करीव ८७०० लायन्स सदस्य रहेका छन् । करीव २३०० भन्दा बढी लायन्स तथा लियोको सहभागिता रहेको पाँचौ राष्ट्रिय महाधिवेशनको आतित्थ्यता लायन्स क्लव अफ काठमाण्डौ मिलन र काठमाण्डौ साकुराले गरेका थिए ।