२० कार्तिक २०८३, शुक्रबार

राप्रपा कञ्चनपुरद्धारा निर्वाचन कार्यालयमा १ घण्टा धर्ना

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अम्बादत्त तिवारी

कञ्चनपुर, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले जिल्ला निर्वाचन कार्यालयमार्फत निर्बाचन आयोगलाई ज्ञापन पत्र बुझाएको छ ।

पार्टी स्वतन्त्रता माथी बन्देज लगाउने नियत राखी निर्बाचन आयोगले गरेको निर्णयका बिरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले देश ब्यापी रुपमा ज्ञापन पत्र बुझाउने र १ घण्टा धर्ना दिने कार्यक्रम राखेको हो । सोही अनुसार कञ्चनपुरमा पनी निर्बाचन कार्यालय मार्फत आयोगलाई ज्ञापन पत्र बुझाएको र १ घण्टा शान्तिपूर्ण धर्ना दिएको जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले बताएका छन ।

निर्वाचन अधिकृत केशवसिंह भण्डारीले ज्ञापन पत्र बुझ्दै उहाँहरुले दिएको पत्र आफूले चाँडै आयोगमा पठाउने बताए ।

संविधानले दिएको अधिकार र भावना माथि कुन्ठित गर्ने उद्देश्य राखी निर्वाचन आयोगले गरेको निर्णयका बिरुद्ध पार्टी कार्यालयबाट निस्केको जुलुस नाराबाजी गर्दे बजार परिक्रमा पछि निर्बाचन कार्यालय पुगेको हो ।