२ कार्तिक २०८३, सोमबार

भद्रगोलका ‘बले’ र ‘कक्रोज’लाई अमेरिकाले दियो भिसा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हास्य टेलिश्रृंखला भद्रगोलका चर्चित कलाकार सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोज’ लाई अमेरिकाले पाँच वर्षे भिषा दिएको छ । भिसा पाएपछि अब आउँदो हप्ता ‘बले’ र ‘कक्रोज’ अमेरिका जाने भएका छन् ।

आउँदो मार्च २७ अर्थात चैत १४ गते दुबैजना अमेरिका प्रस्थान गर्ने भएका छन् । उनीहरु सुरुमा अमेरिकामा विभिन्न कार्यक्रममा सामेल भएर एक महिनापनि नेपाल आउने र पछि पुनः जाने जनाइएको छ । सागरले आफूहरु अप्रिल २७ मा नेपाल फर्कने बताए ।

हाल दुबैजना भद्रगोलमा नै काम गरिरहेका छन् । उनीहरु सुरुदेखि नै हास्य सिरियल भद्रगोलमा काम गरेका चर्चित कलाकार हुन् ।