१४ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति जिनपिङबीच चैत ११ मा भेटवार्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा चैत ११ मा भेटवार्ता गर्ने तय भएको छ ।

प्रधानमन्त्री दाहाल चैत १० गते काठमाडौंबाट बेइजिङ प्रस्थान गरी राष्ट्रपति सीसँग ११ चैतमा भेटवार्ता गरेर चैत १२ मा बोआओ फोरममा सहभागी हुन जाने कार्यक्रम तय गरिएको चिनियाँ स्रोतले जानकारी दिएको छ ।

चीनको हेनान प्रान्तस्थित बोआओमा आयोजना हुने ‘एसियाको अवधारणामा स्वतन्त्र व्यापार र विश्वव्यापीकरण’ विषयक छलफलमा दाहालले सहभागिता जनाउनेछन् ।

प्रधानमन्त्रीका एक सहयोगी नेताका अनुसार चिनियाँ राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता गरेर प्रधानमन्त्री दाहाल बोआओ फोरममा सहभागी हुन जाने कार्यक्रम बनाइएको छ ।

राष्ट्रपति सीसँगको भेटवार्तामा दाहालले चीनले अगाडि सारेको वान बेल्ट वान रोडको अवधारणामा समर्थन जनाउने ती नेताले बताए ।

वान बेल्ट वान रोड अवधारणामा भारतले समर्थन जनाउन असहमति जनाएका कारण नेपालले पनि प्रस्ट धारणा व्यक्त गर्न सकिरहेको छैन ।

वान बेल्ट वान रोडमा चिनियाँ विदेश मन्त्रालयले पठाएको पत्रको जबाफ नेपालको परराष्ट्र मन्त्रालयले पठाइसकेको छ । ‘दुई राष्ट्रप्रमुखबीच यसबारेमा सम्झौता हुन सक्छ’, उच्च स्रोतले भन्यो ।

ती नेताका अनुसार प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीबीच नेपाल—चीन शान्ति तथा मैत्री सन्धिको प्रक्रिया अगाडि बढाउनेबारेमा पनि सैद्धान्तिक सहमति हुन सक्नेछ ।

यसअघि ०६५ सालमा दाहाल प्रधानमन्त्री भएका बेला शान्ति तथा मैत्री सन्धिको मस्यौदा आदानप्रदान गर्ने क्रममा सार्वजनिक भएपछि सम्झौता तुहिएको थियो ।