२ कार्तिक २०८३, सोमबार

मधेसका बालबालिकाको फोटो शेयर गर्दै केकीले लेखिन- काठमाडौं मात्रै नेपाल होइन्

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नायिका केही अधिकारीले तराईमा सडकमा बालेको आगो ताप्दै गरेका बालकालिकाको फोटो सामाजिक सञ्जालमा शेयर गर्दै नेपाल सरकारप्रति असन्तुष्टि जनाएकी छन् ।

उनले सामाजिक सञ्जालमा बन्दले आजित बनेको मधेशको अवस्थालाई लक्षित गर्दै स्टाटसमा भनेकी छन्– मात्र काठमाडौं नेपाल होइन, मोफसल सुन काठमाडौं, मधेशलाई धेरै दुखेको छ काठमाडौं पीडाबोध गर’

चलचित्र राजारानीको छायांकनका क्रममा तराईमा रहेर त्यहाँको वास्तविकता बझ्न भ्याएकी केकीले सरकारले काठमाडौंलाई मात्रै नेपाल सोच्ने प्रवृतिको कडा शब्दमा विरोध गरेकी छन् । होली समेत तराईमै मनाएकी केकीले बन्दले तराईमा पर्ने असर र त्यहाँको जनजीवनलाई नजिकबाट नियालेकी छन् ।

उनले बन्दको बेला स्कुल नगएर सडकमा आगो बालेर ताप्दै गरेका बालबालिकाहरुको फोटो खिचेर सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेकी छन् । उनले बन्द हड्तालले तराईमा परेको असरलाई सरकारले बुझ्नुपर्ने आशय व्यक्त गरेकी छन् ।

उनले कही दिन अघि सीमा क्षेत्रमा भारतीय एसएसबीको गोली लागि ज्यान गुमाएका गाविन्द गौतमको मृत्युलाई लिएर पनि भारतीय हस्तक्षेपको विरोध गरेकी थिइन् । उनले सामाजिक सञ्जालमार्फत सीमामा एक जना नेपालीमाथि मात्रै गाली हानिएको नभई सार्वभौमतामाथि नै थप्पड हानिएको बताएकी थिइन् ।

नायिका अधिकारी समसामयिक विषयमा सामाजिक सञ्जाल मार्फत आफ्नो विचार सार्वजनिक गर्दै आइरहेकी छन् ।