डोटी, ४ चैत । लामो कपाल । पातलो ज्यान । सेतो पोषाक । सोतो पहिरन अनि कलिलो अनुहार । उमेर १५ बर्ष बाल्याबस्था पार गर्नै लागेको एक युवक । दिपायल सिलगढी नगरपालिका ३ तिखाका स्थानीय तेडी देउताका धामी कर्ण साँउद ।
बुधवार दिपायल सिलगढी नगरपालिकाको सेती सभाहलको छेउमै भेटिए । उनी मात्र होइनन् उनी जस्तै करिब ४० जना थिए । तर उमेरले सबै भन्दा कान्छो धामी साँउद नै थिए । नगरपालिकाले आयोजना गरेको ‘धामी झाक्री, पुजारी र ज्योतिषहरुका लागि बालबिवाह सम्वन्धी अभिमुखीकरण कार्यक्रम’ मा सहभागी भएका थिए ।
‘अहिले मेरो उमेर १५ बर्ष भयो । मलाई एक बर्ष पहिलेदेखिको नै देउता आउन सुरु भैसकेको थियो ।’ त्यसैले गाँउमा मलाई पनि अगुवाको नजरले चिन्छन । कर्ण साँउदले भने, ‘हामी धामीहरुको गाउँमा छुट्टै मान र सम्मान हुन्छ । हामीलाई सबैले बिश्वास गर्छन ।’ गाँउमा धामी, ज्योतिष तथा अगुवाहरुले भनेको सबैले मान्नुपर्ने चलन छ । त्यसैले बिबाह गर्नको लागि पनि हामीलाई चेतना नभएकै कारण बालबिबाह गर्ने गरेका रहेछौं ।’ अब त बालबिबाह गर्दाका बेफाइदा फाइदा भन्ने कुरा बुझ्यौ । अब त यस्ता बिकृतिहरुलाई रोक्ने पक्षमा छौं ।
धामी कर्ण साउँदले भने, ‘मेरै उमेरका धेरैको बिहे भएको छ, मेरो पनि करिब करिब भैसकथ्यो होला । मेरो घरमा बिबाहको कुरा गर्ने बित्तिकै मलाई तनाब सुरु हुन्छ । फेरी तेडी देउताको धामी भैसकेपछि बिबाहको कुरा भएको छैन । कहिले काँही वल्लो पल्लो घरमा कुरा हुन्छ रे । साँउदले भने, ‘मसंग त कसैले पनि कुरा गरेका छैनन् । अब त यो कार्यक्रमबाट निकै सन्देश पाइयो । आफू परिपक्व नहुन्जेल बिबाह गर्दिनँ ।’
यसै चैतको केही दिन मै अब कर्ण साँउद ‘पकरी’ कसेर परिपक्व धामी हुो भएका छन । स्थानीय मग्लेक माद्यमिक बिद्यालय तिखामा कक्षा ८ मा अध्ययन गर्दै आएका साँउद गत बर्ष यसै समयदेखि तेडीका धामी भएका हुन । धामी भएपछि पुरानो संस्कृति, रीतिरिवाज, चालचलन अनुसार चल्नुपर्ने भएपनि यो तालिमबाट आफूहरु आधुनिक धामी भएको साँउदले बताए । पुरानो संस्कृति अनुसार हामीले बिकृति फैलाउने काम गरेका रहेछौं । साँउदले भने, ‘हामीले बालबालिकाको क्षेत्रमा कुनै फाइदाजनक काम गरेका रहेनछौं ।‘ अब हामीलाई चेतना भयो कि बालबालिकाको हेरचाह, बालबालिकालाई शिक्षादीक्षा दिनुपर्ने र परिपक्व भएपछि मात्र बिबाह गर्नुपर्ने कुरा फैलाउन आफूनै अगाडी बढ्ने उनले बताए । उनले भने, ‘अब गाउँमा कसैको पनि बालबिवाह हुन दिदैनौैं ।’
‘कानुनी रुपमा बालबिवाह अपराध हो भन्ने कुरा पनि हामीले जानकारी पाएका थिएनौं’ साउँदले भने ‘बालबिवाहबाट पर्ने असरका बारेमा त झन थाहै थिएन ।’ अव बालबिवाह नगर्न सवैलाई सचेत गर्ने साउँद बताउँछन ।
दिसिनपा–८ का नवराज बिक बालबिवाहका कारण धेरैले दुःख पाएको कुरा जानकारी पाएको वताउँछन । लाटा कलारमाण्डौंका धामी उनी भन्छन् ‘अव गाउँमा मलाई कसैले बिहेको बारेमा सोध्यो भने सवै भन्दा पहिले केटा र केटीको उमेर सोध्छु, अनि मात्र सल्लाह दिन्छु ।’ म बालबिबाह रोक्नको लागि प्रतिवद्ध छु । बिकले भने, ‘गाउँमा बालबिबाह रोक्नलाई अरुले सहयोग नगरेपनि केही छैन । म भने मरेरै भएपनि बालबिबाह हुन दिन्न ।’
यस्तै दिसिनपा – ५ का गणेश भण्डारी आफुहरुलाई जानकारी नभएका कारण सानै उमेरमा धेरैको बिवाह भएको स्वीकार गर्छन । उनी भन्छन् ‘आज थाह भयो हामीले त अपराध गरेका रहेछौं, तर अब त्यस्तो हुँदैन ।’ हामी अहिलेसम्म पूर्खाकै बाटोमा हिड्यौं पुरानै सोचमा, बालबिबाह जस्ता कार्य ग¥यो गरायो भने आफैंलाई घात हुन्छ भन्ने कुरा बुझेकोले यस्अब हामी नयाँ युगमा आइपुगेका छौं की अब यस्ता क्रियाकलाप फैलन नदिने भण्डारीले बताए ।
केटा र केटीको उमेर २० वर्ष नपुगेको भए आफूले बिहे नजुराउने वताउँछन ज्योतिष रामचन्द्र भट्ट । उनी भन्छन् ‘अव मेरोमा ज्योतिषी हेराउन आउँने सवैलाई २० बर्ष नपुगी केटा र केटीको बिहे गराउनु हुन्न भनेर सल्लाह दिन्छु ।’
युनिसेफको सहयोगमा दिपायल सिलगढी नगरपालिकाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा चेतनाको दियो फैलिएको भण्डारी बताउछन । दिपायल सिलगढी नगरपालिकाका सामुदायिक बिकास अधिकृत रमेशचन्द्र जोशीले भने ‘बालबिवाहका कारण नगरमा बालमैत्री स्थानीय शासन लागू गर्न समस्या भएको छ, त्यसैले उहाँहरुलाई बालबिवाह रोक्ने अभियानमा लाग्न आग्रह गरेका छौं ।’
‘धामी, झाँक्री र ज्योतिषीहरुलाई गाउँ टोलमा सवैले सम्मान गर्ने भएका कारण उनीहरुको कुरा सबैले मान्छन’ सामुदायिक बिकास अधिकृत जोशीले भने ‘त्यसैले उनीहरुलाई यसबारेमा जानकारी गराएका छौं ।’













प्रतिक्रिया