५ मंसिर २०८३, शनिबार

मेची-काली अभियानमा विभिन्न पार्टी परित्याग गरी करिब २५ हजार नेता-कार्यकर्ता एमाले प्रवेश

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत देशभर करिब २५ हजार नेता कार्यकर्ता पार्टी प्रवेश गरेको दाबी नेकपा एमालेले गरेको छ ।

संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ काँकरभिट्टाबाट यही फागुन २१ बाट सुरु भएको अभियानको कञ्चनपुरको महेन्द्रनगरमा समापन गर्ने क्रममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एमालेले यस्तो जानकारी दिएको हो ।

अभियानका क्रममा झण्डै २५ हजार नेतारकार्यकर्ताहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा (एमाले) मा प्रवेश गरेको जानकारी दिएको छ । ‘नेकपा (एमाले) को बढ्दो लोकप्रियतालाई यसले पुष्टि भएको छ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘अभियानमा सबै वर्ग, समुदाय र पेशाका जनताको व्यापक सहभागिता र विशेष गरेर महिला, युवा र प्रौढहरूको सक्रियताबाट पार्टीले थप प्रेरणा, उर्जा र शक्ति प्राप्त गरेको छ ।’