१ कार्तिक २०८३, शनिबार

एचआईभी संक्रमित महिलामाथि सांघातिक आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, ९ असोज । डोटी सदरमुकाम सिलगढीमा बसोवास गर्दै आउनु भएकी डोटीकै गैरागाउँ–९ स्थायी घर भएकी एचआईभी संक्रमित महिला माथि सांघातिक आक्रमण भएको छ ।

आक्रमणवाट गम्भिर घाईते शारदादेवी धामीको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।
पटक–पटक दोषी माथि कारवाहीको माग गर्दासमेत जिल्ला प्रहरी कार्यालय डोटीले गम्भिरतापुर्वक नलिएको भन्दै डोटी जिल्लामा रहेका एचआइभी संक्रमितहरुले दोषीमाथि कारवाही नगरिए आन्दोलन गर्ने घोषणा गरेका छन् ।

एचआइभी संक्रमितहरुको सञ्जाल लालीगुराँस एकता समाजको भेलाले एचआइभी संक्रमित महिला शारदामाथि सिलगढी नाचन्थली निवासी इन्दा साउद र उनकी छोरी बसन्तीले गत भदौ २९ गते ज्यान मार्ने नियतसहित कुटपिट गरेको भन्दै दोषिमाथि कडा कारवाहीको माग गरेको छ ।

सञ्जालका सचिव तारानाथ साउदका अनुसार राष्ट्रिय मानवअधिकार आयोगलगायत मानवअधिकारवादी संस्थामा उजुरी दिने तयारी भएको छ ।

उजुरी दर्ता गराउन जाँदा प्रहरीले प्रमाण माग्यो सचिव साउदले आक्रोषित मुद्रामा भन्नुभयो– ‘समुदायका ब्यक्तिले भेदभाव गर्थे राज्यलेसमेत हेला गर्यो ।’

कुटपिटबाट गम्भिर घाइते भएकी संक्रमित महिला धामीका उनको टाउको, घाँटी र पिठ्युका चोट लागेको उनका आफन्तले जानकारी दिएका छन ।