२ कार्तिक २०८३, सोमबार

‘बाहुबली २’ को ट्रेलरले रेकर्ड तोड्यो, २४ घण्टामा ५ करोड भन्दा बढीले हेरे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । विहीबार रिलिज गरिएको बलिउड फिल्म ‘बाहुबली २’ को ट्रेलरलाई सार्वजनिक भएको २४ घण्टामा पाँच करोड बढी मानिसले हेरेका छन् ।

ट्रेलर लन्च हुने वित्तिकै निकै भाइरल भएको थियो । ‘बाहुबली २’ को ट्रेलरलाई धेरैले कुरिरहेका कारण यो तेज गतिमा भइरल भएको हो ।

यस्तै, फिल्मको ट्रेलर रिलिज हुनुभन्दा केही घण्टा अघि अनलाइन लिक भएको थियो । यो ट्रेलरलाई एक्टर प्रभासले आफनो क्यान क्लब फेसबुक पेजमा शेयर गरेका थिए । तर, पछि हटाइएको थियो । मनोरञ्जन क्षेत्रका हस्ती ट्रेलरबाट निकै प्रभावित भएका छन् ।