५ मंसिर २०८३, शनिबार

एमाले नेताले सहिद गोविन्द गौतमका परिवार भेटे, अध्यक्ष ओली किन गएनन् ? (हेर्नुस् फोटोहरु)

15.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । नेकपा एमालेका नेताहरुले सहिद गोविन्द गौतमका परिवारलाई भेटेका छन् । मेची महाकाली अभियानअन्तर्गत कञ्चनपुर पुगेका एमालेका दोस्रो तहका केन्द्रीय नेताहरुले विहिबार गौतमको परिवारलाई भेटेर सान्तवना दिएका हुन् ।

गौतमको परिवारलाई भेट्न एमाले प्रचार विभाग उप–प्रमुख एवं पर्यटन विभाग प्रमुख सूर्य थापाको नेतृत्वमा अन्य नेता तथा कार्यकर्ताहरुको टोली विहीबार आनन्दबजार पुगेको थियो । टोलीमा केन्द्रीय तथा स्थानीय नेता तथा सञ्चारकर्मीको पनि सहभागिता रहेको थियो ।

गौतमको देशको सीमा रक्षाका लागि भारतीयसँग प्रतिवाद गर्ने क्रममा गत फागुन २६ गते भारतीय सशस्त्र सीमा बल (एसएसबी)को गोली लागेर मृत्यु भएको थियो ।

अध्यक्ष ओलीसहित शीर्ष नेता किन गएनन् ?

अभियानअन्तर्गत कञ्चनपुर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका एमाले शीर्ष नेताहरु भने गौतमको परिवारलाई भेट्न जान सकेनन् ।

अध्यक्ष ओलीले शुक्रवार गौतमको घर पुनर्वास नगरिपालिकास्थित आनन्दबजार जाने कार्यक्रम बनाएको भएपनि निर्धारित कार्यक्रम लम्बिएपछि समय अभावका कारण जान नसकेका हुन् । एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उप–प्रमुख सुर्य थापाले शुक्रबारको निर्धारित कार्यक्रम लम्बिएका कारण सहिद परिवारलाई भेट्ने कार्यक्रम स्थगित हुन पुगेको बताए । ‘सहिद परिवारलाई भेट्ने सोचमा अध्यक्ष ओली हुनुहुन्थ्यो’ उनले भने– ‘तर, समयका कारण भेट्ने कार्यक्रम भने निश्चित भइसकेको थिएन ।’

यसअघि अभियानका क्रममा कञ्चनपुर पुगेपछि अध्यक्ष ओली सहितका एमाले नेताहरु सहिद गौतमका परिवारजनलाई भेट्न जाने कार्यक्रम तय भएको ओलीको सचिवालयले जनाएको थियो ।

पीडित परिवारलाई पाँच लाख सहयोग

यद्यपी मेची महाकाली अभियानअन्तर्गत कञ्चनपुर पुगेको एमालेले सहिद गौतमका परिवारलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित सभामा अध्यक्ष ओलीले उक्त रकम र गौतमका छोरीका लागि एक थान ल्याप्टप जिल्ला अध्यक्ष तारालामा तामाङ्गलाई हस्तान्तरण गरे । तामाङ्गले उक्त रकम आज गौतमका परिवारलाई बुझाउँदैछन् ।

गौतमको परिवारलाई भेट्दै एमाले नेता सूर्य थापा लगायत (हेर्नुस् तस्वीरहरु):