१ कार्तिक २०८३, शनिबार

चितवनमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक जनाको मृत्यु, घटनास्थल प्रहरी नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

chatwan-1

चितवन, ९ असोज । चितवनको अयोध्यापुरीमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।

बिहीबार बिहान करिब ११ बजेको समयमा चलेको गोली लागि अर्का एक व्यक्ति गम्भीर घाइते भएको बुझिएको छ ।

जानकारी अनुसार मृतकको सनाखत हुन बाँकी छ । घाइते स्थानीय त्रिलोक महतोलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।
गोली कसले र किन चलाएको हो भन्नेबारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पछिल्लो जानकारी अनुसार इलाका प्रहरी कार्यालय माडीबाट गएको प्रहरी टोलीले घटनास्थललाई नियन्त्रणमा लिएको छ ।