१४ कार्तिक २०८३, शनिबार

यस्तो हुँदैछ सांसदहरूको ‘धन्दा’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । सभामुख ओनसरी घर्तीमगरलाई समेत पत्तै नदिई दर्जनौं सांसद निर्वाचन आचारसंहिता कुल्चँदै विदेश सयरमा छन् भने केही दर्जन विदेश भ्रमणको तयारीमा छन् ।

निर्वाचन आयोगले मुलुकलाई प्रतिनिधित्व गर्नेबाहेक अन्य प्रयोजनका लागि कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्ति विदेश भ्रमणमा जान नहुने आचारसंहितामा स्पष्ट गरे पनि दर्जनौं सांसदहरू अध्ययन भ्रमण, गोष्ठी र सेमिनारको बहानामा विदेश घुमिरहेका छन् भने तीन दर्जनभन्दा बढी सांसद संसद्का कर्मचारीसहित विदेश भ्रमणको तयारी गरिरहेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

संसद् सचिवालयका अनुसार राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीमगर र सोही समितिका सदस्य माओवादी केन्द्रका सांसद सन्तु दरै सभामुख ओनसरी घर्तीमगरलाई समेत जानकारी नदिई जापान पुगेर फर्केका छन् ।

जापानको इहिमी विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन सभापति घर्ती र सांसद दरैले संसद् सचिवालयबाट भिसा नोट लेखाए पनि सभामुख घर्तीमगरसँग भ्रमण स्वीकृत गराएका थिएनन् ।

सभामुख र संसद् सचिवालयलाई कुनै जानकारी नदिई कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितका सांसद कोरिया पुगेर फर्केका छन् ।

नेपालमा पिस फेडरेसन संस्था सञ्चालन गरिरहेका परिवार दलका अध्यक्ष ढकालकै नेतृत्वमा हालै मात्र कांग्रेसका रामहरि खतिवडासहितका सांसद फिलिपिन्स भ्रमण गरेर फर्केका छन् ।

सभामुख घर्तीमगरले यी दुवै भ्रमणमा कोको सांसद गए र कहिले फर्के भन्नेबारे संसद् सचिवालय र आफूलाई कुनै जानकारी नदिइएको बताएकी छन् ।