४ कार्तिक २०८३, बुधबार

पूरा हुने भयो प्रचण्डको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौ, ९ असोज । आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उच्चस्तरीय राजनीतिक समितिको संयाजक बनाउनुपर्ने एमाओवादीको माग सम्बोधन गर्न नेपाली काँग्रेस र नेकपा एमाले सहमत भएका छन् ।

काग्रेस, एमाले र एमाओवादीवीच प्रचण्डलाई तीन महिनाका लागि संयोजक बनाउने आन्तरिक सहमति भएको स्रोतले बतायो । जसलाई आज औपचारिक रुप दिईने सम्भावना छ ।

स्रोतका अनुसार संयन्त्रलाई शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने जिम्मेवारी दिइएको छ । यद्यपि नेकपा–माओवादीसहित संविधानसभा बाहिर रहेका दलहरुसँग भने समन्वय गरेर अघि बढ्ने म्याण्डेड दिन भने दलहरु तयार भएका छन ।

यो सहमतिसँगै करिब १ महिनादेखि अवरुद्ध ब्यवस्थापिका संसदको बैठक खुल्ने सम्भावना बढेर गएको छ ।