४ कार्तिक २०८३, बुधबार

दक्षिण कोरियामा लुकेका खेलाडी भेटिएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । १७ औं एसियाली खेलकुदमा भाग लिन दक्षिण कोरिया पुगेर लुकेका राष्ट्रिय खेलाडी अमन पोडेलाई खोजी कार्य तीव्र पारिएको छ ।

नेपाली दूतावासको आग्रहमा कोरियन अध्यागमनले पोडेको खोजी कार्य तीव्र पारेको हो । तर, अहिलेसम्म उनलाई फेला पार्न नसकिएको सउलस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले यसबारेमा त्यहाँको प्रहरीलाई पनि जानकारी गराएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सिताराम मास्केले बताए ।

सेपाक ताक्रो खेलका खेलाडी पोडे मंगलवार रातिदेखि सम्पर्कविहीन हुन् । पूर्व निर्धारित कार्यक्रम अनुसार पोडेको बुधबार काठमाडौं उड्ने कार्यक्रम थियो । तर, मंगलवार दिनभरी खेल अधिकारी र खेलाडीहरुसँगको सम्पर्कमा रहेका पोडे राति भने एकाएक भागेका थिए ।

यसअघि पनि दक्षिण कोरियामा यसरी नै नेपाली खेलाडीहरु लुक्दै आएका थिए । खेल छाडेर भागेर हिड्ने र गैरकानुनी रुपमा बस्ने नेपाली खेलाडीहरुको संख्या कोरियामा धेरै छ ।