काठमाडौं । गत फागुन २१ गतेबाट सुरु भएको प्रमुख प्रतिपक्षी नेकपा एमालेको मेची महाकाली अभियानमा कलाकारहरु पनि खटिएका छन् ।
एमालेको जनवर्गीय संगठन सांस्कृतिक महासंघमा आबद्ध कलाकारले अभियानअन्तर्गत देशभर आयोजित जनसभामा मनोरञ्जन दिनुकासाथै व्यग्यांत्मक सन्देश पनि प्रवाह गरिरहेका छन् ।
यसैक्रममा बिहीबार (आज) धनगढीमा आयोजित सभामा कलाकार मनोज गजुरेलले भाषण गरेर सहभागीलाई मनोरञ्जन गराएका छन् । सभामा भाषण गर्दै उनले भने– ‘एमालेले देखाएको सपना ताजा छ । हिजो नेपाली थियौं, आज पहाडी, हिमाली, मधेसी पूर्वेली, पश्चिमेली भयौं । जन्म दिनको केक होइन नि मुलुक, चट्ट काटी खाने ।’ सरकार जोसुकैको भएपनि पाँच वर्ष टिक्नुपर्नेमा उनको जोड थियो ।
यसअघिका एमालेका कार्यक्रममा बद्री पंगेनीले गीत गाएर सहभागीलाई नचाएका थिए ।















प्रतिक्रिया