काठमाडौं, २ चैत । प्रधानसेनापति राजेन्द्र क्षत्री र औपचारिक भ्रमणको सिलसिलामा नेपाल आउनु भएका मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुख जनरल सिल्भाबीच आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।
उक्त भेटघाटका क्रममा प्रधान सेनापति र मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुख बीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।
यसअघि सिल्भाले आजै टुडिखेल स्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्र्यापण गर्नु भएको थियो भने जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकुडीले वहाँको सम्मानमा सम्मान गारत समेत अर्पण गरको थियो ।
भ्रमणको क्रममा वहाँले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री बालकृष्ण खाणसँग छुट्टा–छुट्टै भेट्नु भएको छ ।
छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।












प्रतिक्रिया