काठमाडौं, २ चैत । सर्वोच्च अदालतले राजधानीको प्रदर्शनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयलाई अन्तरिम आदेश दिएको छ ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु आरआरका उम्मेदवार टपेन्द्रबहादुर शाहीले दायर गरेको रिटमा बुधबार सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले निर्वाचन गराउन आदेश दिएको हो ।
फागुन १८ गतेका लागि तोकिएको निर्वाचन हुन नसेपछि क्याम्पस प्रशासनले २३ गते चुनाव गर्ने तयारी गरेपनि सुरक्षाकर्मीको अवरोधले निर्वाचन रोकिएको थियो । गृह प्रशासनले निर्वाचन हुन नदिएको भन्दै अनेरास्ववियुका उम्मेदवार शाहीले सर्वाेच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चले फागुन २३ गते निर्वाचन हुन नसक्नुको कारण पेश गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आदेश पनि दिएको छ ।













प्रतिक्रिया