३१ आश्विन २०८३, शनिबार

मन्त्री शाहीको उपलब्धी: सुनथराली विमानस्थल सञ्चालनदेखि लुम्बिनी सर्किट निर्माणसम्म

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ चैत्र । नवनियुक्त खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले आफूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा भएमा सुधारका कार्यक्रमलाई सार्वजनिक गरेका छन्‌ ।

बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै ३ दशक पहिला निर्माण थालनी भएर अलपत्र अवस्थामा रहेको कालिकोटको कोटवाडा सुनथराली विमानस्थल सञ्चालनमा आउँनु महत्त्वपूर्ण उपलब्धिको रुपमा लिएका छन् ।

मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  रहेको ट्याक्सी , शौचालय र ट्रली समस्याको समाधान र विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गरिएको विषयलाई समेत शाहीले उपलब्धी रुपमा लिएका छन् । गौतम बुद्ध विमानस्थलको निर्माण कार्य ५० प्रतिशत भन्दा बढि सम्पन्न गर्ने देखि धरान विमानस्थलको निर्माण थालनी गर्ने कामलाई अघि बढाएको जनाइएको छ ।

विमानस्थलहरूको स्तर उन्नती , सौन्दर्यकरण र सरसफाइमा सुधार गरिएको र नागरिक उड्डयन प्राधिकरणको व्यवस्थापिय सुधारका लागि छुट्टै रणनीतिक साझेदारको व्यवस्था गर्ने निर्णय भएको बताएका छन्‌ ।

युरोपियन मुलुकहरूले हवाई क्षेत्रमा लगाउँदै आएको कालो सूचिलाई हटाउन ८० प्रतिशत काम भएको उनको दाबी छ ।

प्रत्येक प्रदेशमा पर्यटन कार्यलय खोलेर पर्यटन पूर्वाधारको विकास गर्ने निर्णय भएको र सरकारले निषेधित क्षेत्रका रूपमा घोषणा गरेका ठाउँलाई त्यो सूचिबाट हटाउने निर्णय भएको बताएका छन् ।

साथै वार्षिक २५ लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न निजी लगानी कर्ताको साझेदारीमा २५ वटा सुविधा सम्पन्न तारे होटल खोल्ने कार्य योजना तयार भएको छ ।

पशुपति क्षेत्रको विकासका र सुधारका लागि बृहत गुरु योजना तयार गर्ने देखि पशुपति दर्शनका लागि हजार रुपैयाँ तिरेर पाइने भिआइपी पास खारेज गरेर असमनता हटाइएको बताएका छन्‌ । त्यस्तै लुम्बिनी विकास कोष गुरु योजना अनुसार लुम्बिनी सर्किट निर्माण कार्यका थालनी गरिएको भनाई छ ।

२८ वर्ष देखि खरिद हुन नसकेको नेपाल बायुसेवा निगमको दुईवटा राष्ट्रिय ध्वजावहाक वाइड बडी जहाज खरिद गर्ने प्रक्रिया सुरु गरिएको र जापान, अष्ट्रेलिया लगायतका देशमा उडान सम्झौता गरिएको विषयलाई उपलब्धीको रुपमा शाहीले लिएका छन्‌ ।