काठमाडौं, २ चैत । पूर्व मुख्य सचिव तीर्थमान शाक्य, पूर्वमन्त्री विद्याधर मल्लिक, चार्टर्ड एकाउन्टेन्ट शिवहरि शर्मालाई ७५ कार्यदिन तोकेर तीन हप्ताअगाडि एउटा कार्यदल बनेको छ, एनसेलको लफडा टुंग्याउने विषयमा ।
प्रत्येकलाई पाँच लाख पारिश्रमिक पनि तोकिएको छ । यसले काम शुरु गर्न पाएको छैन । यी तीन जनाबीच एनसेललाई कस्तो व्यहोराको चिठी लेख्ने भन्ने सल्लाहसमेत हुन भ्यएको छैन । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
तर अकस्मात ३३ अर्ब कर छुट दिने ठाडो प्रस्ताव क्याबिनेटमा लगेर बेची हिँडेको कम्पनीलाई उन्मुक्ति दिने काम गतहप्ता सरकारले गरेको छ । यसको तुरुन्तै लाभ भने उनै अजेय सुमार्गी मिल्दैछ ।
उनको स्याटेलाइट कम्पनीअन्तर्गत हेल्लो मोबाइलले डेढ अर्ब बक्यौता तिर्न बाँकी छ । टेलियासोनेराले नै यो कम्पनी साइप्रसको एयरवेल कम्पनीलाई बेचेको हो – ठ्याक्कै स्विडिसले एनसेल मलेसियनलाई बेचेको भनेजस्तै । यसरी सुमार्गीसम्बद्ध एयरवेलले ८० प्रतिशत शेयर पुगाउँदैको करमा अब छुट मिल्ने भएको छ ।












प्रतिक्रिया