१ कार्तिक २०८३, आइतबार

पुलिसलाई हराउदै रुपन्देही ११ फाइनलमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, १ चैत । दोस्रो टुबोर्ग नेपालगञ्ल गोल्डकप फुटबल प्रतियोगितामा अग्नी रुपन्देही ११ ले नेपाल पुलीस क्लवलाई २ –१ ले हराउदै जित निकालेको छ । जितसँगै अग्नी रुपन्देही ११ फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा नेपाल पुलीस क्लव र अग्नी रुपन्देही ११ ले प्रतीस्पर्धा गरेका थिए । खेल शुरु भएको पहिलो हापमा दुवै टिमबाट १–१ गोल भएको थियो । पहिलो हापको खेलमा पुलीसले पेनाल्टी पाएपछि जुमानु राईले एक गोल गरेका थिए । त्यसपछि आक्रमक खेलेको रुपन्देहीका अमर डङगोलले १ गोल गदै खेललाई बराबरीमा रोकेका थिए ।

दास्रो पारीमा पनि अग्नी रुपन्देही ११ कै खेलाडी अमर डङगोलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए सोहि गोलले नै रुपन्देहीको जीत भएको हो । जीत संगै अग्नी रुपन्देही ११ फाईनलमा प्रवेश गरेको छ ।

चैत्र ३ गते हुने फाईनल खेलमा सुदुरपश्चिमलाई हराईदै फाईनलमा प्रवेश गरेको संकटा क्लव संग अब अग्नि रुपन्देही ११ ले प्रतीस्पर्धा गर्ने भएको छ ।