२० कार्तिक २०८३, शुक्रबार

सेना लिएर नारायणहिटी किन गए रक्षामन्त्री खाँड ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको नारायणहिटीस्थित श्री उत्पयका पृतना हेडक्वार्टरको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणको क्रममा उहाँले क्त पृतना हे.क्वा.को बस्तुस्थितिबारे जानकारी हाँसिल गर्नु भएको थियो ।

साथै वहाँले नेपाली सेनाको क्षमतामा अभिवृद्धि गरी आधुनिकीकरण गर्न रक्षा मन्त्रालयले सहयोग गर्ने वताउनु हुँदै नेपाली सेनाले शान्ति सुव्यस्थाको एवं विपद् व्यवस्थापनमा गरेको कार्यहरुको प्रशंसा समेत गर्नु भएको थियो ।

उक्त भ्रमणमा रक्षा सचिव श्रीधर सापकोटाको समेत उपस्थिति रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।