काठमाडौं, १ चैत । नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्माले स्वास्थ्यमन्त्री गगन थापालाई सरकारबाट फिर्ता बोलाउने तयारी गलत भएको बताएका छन् ।
कुनै समय नेविसंघको अध्यक्ष बन्दा उपाध्यक्ष रहेका गगनले स्वास्थ्य मन्त्रीको हैसियतमा गरेका कामको प्रशंसा गर्दै नेता शर्माले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनलाई मन्त्रीबाट फिर्ता बोलाउने चर्चा गलत भएको बताएका हुन् ।
शर्माले थापालाई मन्त्रीबाट फिर्ता बोलाउने हल्ला गलत मात्र भनेनन यदि त्यस्तो सल्लाह हुँदैछ भने त्यो पनि गलत भनेका छन् ।
गगन थापा राम्रो काम गरिरहेका छन्,
उनलाई मन्त्रीबाट फिर्ता बोलाउने चर्चा गलत !हल्ला गलत,
सल्ला´ हुंदैछ भने त्यो पनि गलत !— Bishwa Prakash शर्मा (@bishwaprakash77) March 14, 2017













प्रतिक्रिया