२० कार्तिक २०८३, शुक्रबार

एमालेद्वारा पार्टी कार्यालय र कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारवाहीको माग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १ चैत । नेकपा एमाले जिल्ला कमिटी बाराले पार्टी कार्यलयमा आगजनी गर्ने र पार्टी जिल्ला कार्यालयका सहायक शंकर भट्टराई, कलैया नगरकमिटी सदस्य रामएकवाल कुर्मीलाई दुर्ब्यवहार गर्ने उच्छृङ्खल ब्यक्तिहरुलाई तत्काल कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसंग माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बारामा गएको नेकपा एमालेको प्रतिनिधि मण्डलले पार्टी कार्यालयमा भएको आगजनीको क्षतिपूर्तीको प्रक्रिया अघि बढाउन समेत प्रमुख जिल्ला अधिकारीसंग माग गरेको छ ।

यसैगरी फागुन २७ गते आएको असिना हुरीबतासबाट बारा जिल्लामा कृषकले लगाएको खेतीमा क्षति पुगेकोले किसानलाई राहत उपलब्ध गराउन सरकारसंग माग गरेको एमाले बाराका प्रचार विभाग मनोज पोडेलले जानकारी दिए ।

मंगलबार जिल्ला प्रशासन कार्यालय बारामा गएको नेकपा एमालेको प्रतिनिधी मण्डलले प्रमुख जिल्ला अधिकारी विजयनारायण मानान्धरसंगको भेटमा ज्ञापन पत्र बुझाउदै सो माग गरेको हो ।

नेकपा एमाले बाराका अध्यक्ष सुन्दर विकको नेतृत्वमा गएको प्रतिनिधी मण्डलमा एमालेका केन्द्रिय सल्लाहकार सदस्य अच्युत मैनाली, जिल्ला उपाध्यक्ष देवनारायण चौधरी, सचिव महमद समिउल्लाह, सहसचिव रोजेन्द्र कल्वार, प्रचार विभाग प्रमुख मनोज पौडेल, जिल्ला सचिवाल्य सदस्य डा. कृष्ण पौडेल, विक्रम ठाकुर ध्रुव यादब, अध्यानन्द पाण्डे, बतहु यादब, पिडित रामएकवाल कुर्मी लगायतको सहभागिता रहेको थियो ।