काठमाडौं, १ चैत । नेपाली कांग्रेसले चैत १० गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको पदाधिकारी बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय समितिको बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएको थियो ।
बैठकमा संविधान संशोधन विधेयक संसदको कार्यसूचीमा पर्न छाडेको भन्दै सभामुखको आलोचना भएको थियो । कांग्रेसका पदाधिकारीहरूले संशोधन विधेयकलाई कार्यसूचीमा राखेर अगाडि बढाउन सभामुखसँग आग्रह गरेका छन् ।
स्थानीय तहको निर्वाचन तोकिएको समयमा गर्नुपर्ने भन्दै कांग्रेसका नेताहरूले मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनाव गरिने बताए ।











प्रतिक्रिया