२० कार्तिक २०८३, शुक्रबार

पूर्व पदाधिकारीको सुविधासम्बन्धी विधेयक स्वीकृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । व्यवस्थापिका–संसद्ले पूर्व पदाधिकारीको सुविधासम्बन्धी विधेयक २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

उक्त विधेयक उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले प्रस्तुत गर्नुभएको थियो ।

विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री नायकले पूर्व पदाधिकारीले राष्ट्र र जनताका लागि गरेको योगदानको कदरस्वरुप सुविधासम्बन्धी उक्त विधेयक ल्याइएको बताउनुभयो ।

उहाँले भन्नुभयो – “राष्ट्रिय ढुकुटीको क्षमता हेरेर, त्यसलाई व्यवस्थित तुल्याउन कानुन बनाएर र विधेयकलाई परिमार्जन गरेर मात्रै अन्तिम निष्कर्षमा पुर्याइने छ ।” रासस