काठमाडौँ, ८ असोज । अन्तराष्ट्रिय किर्तिमानी पर्वतारोही एवम् लामो दुरीका अल्ट्रा म्याराथुन धावक संजय पण्डितले अष्ट्रेलिया महादेशको सर्वोच्च शिखर माउण्ट कोसियोज्को ब्याक फुट अर्थात उल्टो हिडेर आरोहण गर्ने घोषणा गर्नुभएको हो ।
सिंहदरवारमा आयोजित राष्ट्रिय झण्डा हस्तान्तरण कार्यक्रममा उनले यस्तो घोषणा गर्नुभएको हो ।
उनलाई अर्थमन्त्री डा. रामशरण महत, सभासद हिरा वहादुर के.सी. तथा पूर्व सभासद मुक्तिप्रसाद शर्मा पण्डितले राष्ट्रिय झण्डा हस्तान्तरण तथा खादा ओडाएर शुभकामना दिनुभएको थियो ।
सातै महादेशका सातै उच्च शिखर आरोहण गर्ने सिलसिलामा रहनु भएका पण्डितले यस अघि एसियाको सर्वोच्च शिखर सगरमाथा, अफ्रिकाको उच्च शिखर माउण्ट किलिमाञ्जरो तथा युरोपको उच्च शिखर माउण्ट एलब्रुसमा सफलता पूर्वक आरोहण सम्पन्न गरिसक्नु भएको छ ।
दक्षिण एसियावाट सबै भन्दा कम समयमा माउण्ट किलिमञ्जरो आरोहण गर्ने, तथा युरोपको अत्यन्त चिसो एलब्रुसको टाकुरामा अर्ध नाङ्गिएर अन्तराष्ट्रिय किर्तिमान राख्ने कार्य उहाँले सम्पन्न गर्नुभएको छ ।
पण्डितले अष्ट्रेलियाको उच्च शिखरमा उल्टो हिडेर सफलता प्राप्त गर्ने कुरामा आफु विश्वस्त रहेको अर्थमन्त्री डा. महतले बताउनु भयो ।
साथै सरकारले उहाँको आरोहणमा पूर्ण सहयोग गर्ने आश्वासन पनि दिनुभयो । त्यस्तै सभासद हिरावहादुर के.सी तथा पूर्व सभासद मुक्तिप्रसाद शर्मा (पण्डित) ले पनि शुभकामना दिनुभयो । उनी यही नोभेम्वर १४ मा उहाँ त्यसतर्फ प्रस्थान गर्दैहुनुहुन्छ ।
















प्रतिक्रिया