काठमाडौं । कलाकार दीपकराज गिरीले स्वास्थ्यमन्त्री गगन थापालाई हटाउने प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको तयारीप्रति चिन्ता व्यक्त गरेका छन् ।
थापालाई हटाउने खबर सुनेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत व्यग्यांत्मक शैलीमा आफ्नो प्रतिक्रिया दिँदै दीपकले राम्रो मान्छे टिक्नै नसकेकोमा चिन्ता जाहेर गरेका हुन् ।
उनले लेखेका छन्– ‘गगन थापालाई कांग्रेसले मन्त्रीबाट फिर्ता बोलाउँदै छ रे ! एकदम सही निर्णय हो । यो सरकारबाट गगन थापा, जनार्दन शर्मा जस्ता एक दुईजना मन्त्रीलाई हटाउनै पर्ने भाछ । म सोचिराथें चिडियाखानामा यी दुई मान्छेलाई किन राखिएको होला ?’
पछिल्लो समय विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य मन्त्रालय सुम्पिने तयारी गरेपछि मन्त्री गगन थापाको पद गुम्ने खतरा बढेको छ ।
स्वास्थ्य मन्त्री गगन थापाले राम्रा काम गरिरहेको सन्दर्भमा उनलाई हटाउने चर्चा चलेपछि विभिन्न प्रतिक्रिया आइरहेका छन् । यसैक्रममा कलाकार गिरीले पनि चिन्ता व्यक्त गरेका हुन् ।
प्रचण्ड सरकारका युवा मन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रमा थुप्रै सुधार र जनमुखी काम गरेका छन् ।
















प्रतिक्रिया